त्रि देशीय टी २०: नेपालले आज घरेलु टिम स्कटल्यान्डसँग खेल्दै

Jhalkonepal

काठमाडौं, असार ३

स्कटल्यान्डमा जारी त्रि देशीय टी २० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले आज घरेलु टिम स्कटल्यान्डसँग खेल्दैछ। 

नेपालले ग्लासगोमा नेपाली समयअनुसार पौने ८ बजे खेल्नेछ। 

नेपालले २०१३ पश्चात पहिलो पटक स्कटल्यान्डसँग टी २० फर्म्याटमा खेल्दैछ। १२ वर्ष अगाडि टी २० मा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। त्यसबेला नेपालसँग अन्तर्राष्ट्रिय मान्यता रहेको थिएन। 

नेपाल अन्तर्राष्ट्रिय मान्यता पाएपछि स्कटल्याण्डसँग भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। 

स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपाल आफ्नो पहिलो जित निकाल्ने दाउमा हुनेछ। 

हालसम्म ३ टोली सहभागी यस श्रृंखलामा नेपाल पुछारमा रहेको छ।

प्रतिक्रिया