लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल रद्द

Jhalkonepal

काठमाडौँ,कार्तिक २०

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल रद्द भएको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावना छ । जसको कारण खेल रद्द भएको हो ।

अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो ।

वर्षाका कारण रोकिएको खेल सुरु भएर छ ओभर खेलेपछि मौमस प्रतिकूल भइ पुनः रोकिएको थियाे ।

पहिला ब्याटिङ गरेको नेपालले छ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएको हो ।

योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

 

प्रतिक्रिया