साफ यु–२० च्याम्पियनसिपकाे सेमिफाइनल खेलमा बंगलादेश र भारतले प्रतिस्पर्धामा गर्ने

Jhalkonepal

काठमाडौँ , भदा १०

साफ यु–२० च्याम्पियनसिपमा सेमिफाइनल खेलको अन्तिम खेलमा बंगलादेश र भारतले  प्रतिस्पर्धामा गर्ने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गर्यो। यो नतिजासँगै भारतले सेमिफाइनलमा बंगलादेश प्रतिद्वन्द्वी पाएको हो।

बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। तर, नेपालसँग भने बंगलादेश २–१ ले पराजित हुँदै समूहको उपविजेता बन्यो।

समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो। भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। 

बंगलादेश र भारत मध्ये विजयीले बुधवार हुने फाइनल खेलमा नेपाल सँग भिड्नेछ ।

 

प्रतिक्रिया