काठमाडौँ, जेठ १८
काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, पानीघाटमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा मोटरसाइकल पछाडि सवार महिलाको मृत्यु भएको हो ।
दुर्घटनामा परी नुवाकोट ककनी–१ निवासी ३६ वर्षीया सुनिता बलामीको उपचारका क्रममा एपीएफ अस्पताल बलम्बुमा मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक मानबहादुर बलामी पनि घाइते भएका छन् । उनी नुवाकोट, ककनी–१ का हुन् । हाल उनको एपीएफ अस्पतालमा उपचार भइरहेको छ।
१८ जेठ २०८२, आईतबार ०८:१४ मा प्रकाशित