हङकङ सिक्सेसको पहिलो खेलमा नेपालद्वारा इङ्ग्ल्याण्ड पराजीत

Jhalkonepal

काठमाण्डाै, कार्तिक १७

 नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा पुर्व विजेतामाथि ६ विकेटको सानदार जित हात पारेको हो ।
इङ्ग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो नेपालको जितमा कप्तान सन्दीप जोराले १७ बलमा ५ चौका ८ छक्काको सहयोगमा ७८ रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
 

प्रतिक्रिया