धनगढी, बैशाख १५ ः सुदूरपश्चिमप्रदेश सरकारको आगामी आर्थिक वर्षको वजेट घटने भएको छ । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ तोकेको छ। तोएिको सिलिंग् अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको घट्ने देखिएको छ।
चैत १५ गतेभित्र स्रोत अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्थाअनुसार नीति तथा योजना आयोगले चैत २२ गते मात्र सो काम गरेको हो। ऐन र नियमले निर्धारण गरेको समयमा नीति तथा योजना आयोग, आर्थिक मामिला मन्त्रालयसहित अन्य मन्त्रालयहरुले योजना तथा कार्यक्रमको काम गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार विषयगत मन्त्रालयहरुमा बजेटको सीमा र मार्गदर्शन पुगेको प्रदेशनीति तथा योजना आयोगका सचिव पदमराज जोशीले बताए । जोशीका अनुसारअहिले मन्त्रालयहरुले आगामी आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमहरु बनाइरहेका छन्। प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले मन्त्रालयहरुलाई बजेटको सीमा र मार्गदर्शन पठाइएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा २९ अर्बको बजेट कार्यान्वयन गर्दैछ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्बको प्रस्ताव गरिएको छ। समानीकरण अनुदानमा आठ अर्ब ७२ करोड र राजश्व बाडफाँडबाट ९ अर्ब ९९ करोड बजेट आएको छ।
सङ्घीय सरकारको बजेट सार्वजनिक भएपछि प्रदेशको बजेटको आकारमा तलमाथि हुने भए पनि आम्दानीको स्रोत नभएकाले २५ अर्बको हाराहारीमा बजेट आउने देखिएको छ।