काठमाण्डौं, फागुन २२
अन्तिम २ ओभरमा २० रन जोगाउन नसक्दा नेपालले त्रिदेशीय टि२० श्रृंखलाको फाइनलमा पराजय भोगेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य नेदरलैण्ड्सले ३ बल बाकी रहदा ६ विकेट गुमाएर पुरा गर्यो । १८ औ ओभरको खेल सकिदा नेदरलैण्ड्सलाई जितको लागि २१ रनको अवश्यकता थियो । १९ औं ओभरमा कुशल मल्लले २ विकेट लिए पनि १२ रन खर्चे पछि नेदरलैण्ड्सलाई अन्तिम ओभरमा सहज भएको थियो ।
१८५ रनको लक्ष्य पछ्याउने क्रममा नेदरलैण्ड्सका ओपनरहरुले पहिलो विकेटको लागि ८३ रनको साझेदारी गरि जितको मजबुत आधार तयार गरेका थिए । यस क्रममा माइकल लेभिटले २९ बलमा ५४ रन बनाए भने मैक्स ओडाउडले २२ रन बनाए । यस्तै मध्यक्रमका विक्रमजित सिंहले२२ र स्याब्रान्ड इन्गलबे्रचले ४८ रन बनाएर टिमको जित सुनिश्चित गरेका थिए । एकपटक दवावमा आइसकेको नेदरलैण्ड्सलाई टिम भेन्डरगुटेनले ५ बलमा २१ रन बनाएर संकटबाट जोगाएका थिए । ।
नेपालका तर्फबाट कुशल मल्लले ४ विकेट लिए भने, अविनास बोहरा र दिपेन्द्रसिंह ऐरीले १,१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ८ विकेट गुमाउदौ १८४ रन बनाएको थियो । नेपालका तर्पबाट सर्वाधिक आसिफ सेखले ४७ रन बनाए । यस्तै कुशल भुर्तेल २०, रोहित पौडेल २५, गुलशन झा ३४ र कुशल मल्लले २६ रन बनाएका थिए । नेपालले अन्तिम तिन ओभरमा रन बनाउन नसक्दा नेपालको स्कोर १८४ मा खुम्चिएको हो ।
नेदरलैण्ड्सका फ्रेड क्लेशन, टिम भेन्डर गुटेन, माइकल लेभिट र सेब्रान्ड इन्गलव्रेचले २,२ विकेट लिए।