सुभेष सिनाल
काठमाण्डौं, मंसिर २३
युएईमा चलिरहेको यू१९ एसिया कप क्रिकेटमा आज समुह बीका दुई खेल सम्पन्न भएका छन । आज भएको पहिलो खेलमा बंगलादेशले युएईलाई ६१ रनले पराजित गरेको छ । यस्तै आज भएको अर्को खेलमा श्रीलंकाले जापानलाई १० विकेटले पराजित गरेको छ ।
प्रतियोगितामा भोली नेपालले आफ्नो दोस्रो खेलमा अफगानिस्तानको सामना गर्नेछ । यस्तै भोलीको अर्को खेलमा चिरपरिचत प्रतिद्धन्दी भारत र पाकिस्तानको विच खेल हुनेछ ।
नेपालले आफ्नो अन्तिम खेल मंगलबार भारत विरुद्ध खेल्नेछ । पहिलो खेलमा नेपाल पाकिस्तानसंग ७ विकेटले पराजित भएको थियो ।
२२ मङ्सिर २०८०, शनिवार ०८:५१ मा प्रकाशित