सुभेष सिनाल
काठमाण्डौं, फागुन १२
भारत र इंग्लैण्ड विच राँची भइरहेको चौथो टेष्टमा इंग्लैण्ड पहिलो पारीमा ३५७ रन बनाएर अल आउट भएको छ । खेलको दोस्रो दिन ७ विकेटमा ३०२ रनबाट अगाडी शुरु गरेको इंग्लैण्डले ५५ रन जोड्दा बाकी ३ विकेट गुमायो ।
इंग्लैण्डका जोय रुट १२२ रन बनाएर नट आउट रहे । यस्तै आजको पहिलो विकेटको रुपमा ओलीइ रोविन्सन ५८ रन बनाएर आउट भए । त्यसपछि आएका दुबै ब्याटर शुन्यमा आउट भए पछि इंग्लैण्डको पहिलो पारी सकिएको हो । दोस्रो दिन भारतले प्राप्त गरेका तिन वटै विकेट रविन्द्र जडेजाले लिएका थिए । जडेजाले कुल ४ विकेट लिए भने आकास दिपले ३, मोहम्मद सिराजले २ र रविचन्द्रन आश्विनले १ विकेट लिए ।
११ फाल्गुण २०८०, शनिवार ११:०७ मा प्रकाशित