झापा, फागुन १६
झापाको बाह्रदर्शी गाउँपालिका ६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
१५ फाल्गुण २०८०, बुधबार ०४:१६ मा प्रकाशित