विराट कोहलीको बैग्लुरुलाई आइपिएलमा सान्त्वना जित

Jhalkonepal


काठमाण्डौं, बैशाख १४

भारतमा चलिरहेको आइपिएलको जारि सिजनमा रोयल च्यालेन्र्जस बैग्लुरुले दोस्रो जित निकालेको छ। ९ खेल खेलेको बैग्लुरुको यो दोस्रो जित हो । भारतिय स्टार खेलाडी विराट कोहली सम्मिलित यो टोलीको खराब प्रर्दशनका कारण टोली अंक तालिकाको पुछारमा रहेको छ । 

प्रतियोगिताबाट लगभग बाहिरिसकेको बेग्लुरुले हेदराबादमा भएको खेलमा बैग्लरुले ३५ रनको जित निकाल्दै सान्त्वना प्राप्त गरेको छ । टस हारेर पहिले ब्याटिंग गर्ने मौका पाएको बैग्लुरुले विराट कोहली र रजत पाटिदारको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो । यसमा विराट कोहलीले ४३ बलमा ५१ र पाटिदारले २० बलमा ५० रन बनाएका थिए । यस्तै क्यामेरन ग्रिनले ३७ र फाफ डुप्लिीसीले २५ रन जोडेका थिए । हैदराबादका जयदेब उनादकटले ३, टि नटराजनले २ तथा पेट कमिन्स र मारकन्डेले १,१, विकेट लिएका थिए ।

२०७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । हैदराबादका सहबाज अहमदले ४०, अभिषेक शर्माले ३१, पेट कमिन्सले ३१ रन बनाए । बैग्लुरुका क्याम्रन ग्रिन, करन शर्मा र स्वप्नील सिंहले २,२ विकेट लिए भने विल जेक र यस दयालले १,१ विकेट लिए । 

९ खेलमा दोस्रो जित निकालेको बैग्लुरु अंक तालिकाको पुछारमा रहेको छ । भने हारका बाबजुद हैदराबाद ८ खेलमा १० अंकका साथ तेस्रो स्थानमा कायम रहेको छ । 


प्रतिक्रिया