काभा बीच भलिबल : दुवै राष्ट्रिय भलिबल टोली फाइनल प्रवेश

Jhalkonepal

काठमाडौँ, साउन १९


नेपालको महिला राष्ट्रिय भलिबल टोली र पुरूष राष्ट्रिय भलिबल टोली भुटानमा जारी काभा बीच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडी र पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनलको यात्रा तय गरेको हो ।


भुटानको राजधानी थिम्पुमा आज भएको महिला तर्फको  सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो। नेपालले उज्वेकिस्तानलाई २१–१३ र  २१–१२ अङ्कले हराएको हो ।

यस्तै आज भएको पुरूष तर्फ सेमिफाइनल खेलमा श्रेष्ठ र सुनारको जोडीले माल्दिभ्सका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २१–१० र  २१–१६ अङ्कले हराएको हो ।

 

 

प्रतिक्रिया