वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित

Jhalkonepal

काठमाण्डौ, फागुन १८

वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो ।

योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

प्रतिक्रिया