काठमाण्डाै, कार्तिक १६
स्कटल्यान्डले
आइसिसी वर्ल्ड कप लिग–२ को खेलमा अमेरिकालाई ७१ रनले हराएको छ।
अमेरिकाको डालासमा बिहीबार भएको खेलमा टस हारेर
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटको क्षतिमा ३१७ रनको योगफल खडा गरेको
थियो।
३१८ रनको लक्ष्य पाएको अमेरिका ४४ ओभरमा
सम्पूर्ण विकेट गुमाउँदै २४६ रनमा सीमित भएको थियो।
१५ कार्तिक २०८१, शुक्रबार ०६:४९ मा प्रकाशित