तेस्रो टेष्टमा भारतले पहिलो पारीमा ४४५ रन बनायो ।

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन ४


भारत र इंग्लैण्डलका विच तेस्रो टेष्टको दोस्रो दिन इंग्लैण्डले पहिलो पारीमा २ विकेट गुमाएर २०७ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदा इंग्लैण्ड पहिलो पारीमा भारत भन्दा २३८ रनले पछाडी छ । यस अघि भारतले पहिलो पारीमा ३२६ मा ५ विकेट गुमाएको अवस्थाबाट दोस्रो दिनको खेल शुरु गरेको भारतले ११९ रन जोड्दा बाकी ५ विकेट गुमायो । पहिलो पारीमा भारतका कप्तान रोहित शर्मा र रविन्द्र जडेजाले सतकिय पारी खेले । रोहित शर्माले १३१ रन बनाए भने रविन्द्र जडेजाले ११२ रन जोडे । भारतिय इनिंगमा सरफराज खानले ६२, ध्रुब जुरेलले ४६, रविचन्द्रन आश्विनले ३७ र जसप्रित बुमाराहले २६ रनको योगदान गरे । 

इंग्लैण्डका मार्क वुडले ४, रेहन अहमदले २ र जेम्स एन्डरसन, टम हर्टली तथा जोय रुटले १,१ विकेट लिए । 

भारत पछि ब्याटिंगको लागि मैदानमा उत्रिएको इंग्लैण्डले पनि ठोष शुरुवात गरेको छ । दोस्रो दिनको खेल सकिदा इंग्लैण्डले २ विकेट गुमाएर २०७ रन जोडेको छ । इंग्लैण्डका बेन डकेटले सतक प्रहार गरेका छन । दिनको खेल सकिदा डकेट १३३ रन बनाएर खेलिरहेका छन भने उनलाई जोय रुटले ९ रन बनाएर साथ दिइरहेका छन । इंग्लैण्डका वली पपले ३९ रन बनाएर आउट भए भने ओपनर जेक कर्ली १५ रन बनाएर आउट भए । भारतका लागि मोहम्मद सिराज र रविचन्द्रन आश्विनले १,१ विकेट लिए ।  


प्रतिक्रिया