वेष्ट इन्डिज ए को टियू मैदानमा अभ्यास : नेपाली टोलीमा ४ जना थप

Jhalkonepal

काठमाण्डौं, बैशाख १४

शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी(२० सिरिजको  तयारीका लागि वेस्ट इन्डिज ए ले टियु मैदानमा अभ्यास गरेको छ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार  नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । 

यसै विच सिरिजअघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरूद्ध खेल्नु नेपालका लागि अवसर भएको बताए। पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरूद्धको सिरिज हामीले टी२० विश्वकपअघि उत्कृष्ट मध्येको एक टिमसँग खेल्न लागेको बताए 


नेपालका प्रशिक्षक मोन्टी देसाइले वेस्ट इन्डिज नेपालमा आउनु खुसीको कुरा भएको बताए। उनले आफूले यसअघि तीन वर्ष वेस्ट इन्डिजमा काम गरेको बताउँदै वेस्ट इन्डिज टिम नेपाल आएकोमा धन्यवाद दिए। यस्तै उनले वेस्ट इन्डिजविरुद्धको खेलमा सबै खेलाडीलाई अवसर भएको पनि बताए। 


यसै विच क्यानले नेपाली टोलीमा ४ जना खेलाडीलाई थप गरेको छ । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले यसअघि घोषणा गरिएको १६ सदस्यीय टिममा चार खेलाडी थप जानकारी दिए। उनका अनुसार लोकेश बम, सागर ढकाल, विनोद भण्डारी र कमलसिंह ऐरी टिममा थपिएका छन्।

प्रतिक्रिया