शेयरबजार परिसूचक सामान्य अंकले वृदी

Jhalkonepal

काठमाण्डाै,कार्तिक १

आज बिहीबार शेयरबजार परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २ हजार ७४५.३६ को बिन्दुमा उक्लिएको हो ।

आज ३१६ कम्पनीको कारोबार हुँदा ७ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ८९ कम्पनीको शेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर छ ।  

आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड रुपैयाँको कारोबार भएको छ ।

 

प्रतिक्रिया