सुभेष सिनाल
काठमाण्डौं, फागुन ८
लिग २ को तयारीको लागि नेपाल आएको क्यानडाको क्रिकेट टोलीले दोस्रो खेलमा नेपाल ए लाई २४१ रनको लक्ष्य दिएको छ । टस जितेर क्यानडालाई नेपाल ए ले पहिले ब्याटिंगको निम्तो दिएको थियो । क्यानडाले ५० औं ओभरको पाचौ बलमा १० औ विकेट गुमाउदा २४० रन जोडेको गियो । क्यानडाको लागि श्रेयस मोभाले ६७ रन बनाए । यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र एरोन जोन्सनले ३६ रनको योगदान गरे । यी बाहेक अन्य ब्याटरले भने रन बनाउन सकेनन् ।
नेपाल ए को तर्फबाट शाहव आलमले ३ विकेट लिए भने रसिद खान र शेर मल्लले २,२ विकेट लिए । बसिर अहमद र सागर ढकालले पनि १,१ विकेटको योगदान गरे ।
२४१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाल ए ले खराब शुरुवात गरेको छ । चौथो ओभरमा नेपाल ए ले १७ रन बनाउदा २ विकेट गुमाइसकेको छ ।
नेपाल ए ले आज कप्तान विनोद भण्डारीलाई विश्राम दिएर सन्दिप जोराको नेतृत्वमा खेलिरहेको छ ।