काठमाण्डौ, सावन १६
भारत र इंग्लैण्ड विच पाँचौ तथा अन्तिम टेष्ट रोमान्चक मोडमा पुगेको छ । खेलको दोस्रो दिन दुबै टोलीले गरि १६ विकेट गुमाए । दोस्रो दिनको खेल शुरु हुदाँ भारत २०४ रनमा ६ विकेटको अवस्थामा थियो । तर पहिलो सेसन नसकिदै भारतले आफ्ना ४ विकेट गुमायो । दोस्रो दिन मात्र २० रन जोड्दा ४ विकेट गुमायो । दोस्रो दिनको पहिलो सत्रमै भारतले पहिलो इनिंगमा २२४ रन मात्र बनाए पछि भारत दवावमा परेको थियो । यदपी भारतीय बलरहरुले टिमलाई खेलमा फर्काए ।
दोस्रो दिन भारतका करण नायरले ५ रन मात्र जोडेर ५७ रनमा विकेट गुमाए । यस्तै अर्का ब्याटर बासिंग्टन सुन्दरले ७ रन जोडेर २६ रनमा विकेट गुमाए । मोहम्द सिराज र प्रसिद्ध कृष्ण डक आउट हुदाँ आकास दिप रन नै नबनाएर नटआउट रहे । इंग्लैण्डका गस एटकिन्सनले ५ विकेट लिए भने जोस टंगले ३ तथा क्रिस वक्सले १ विकेट लिए ।
दोस्रो दिनका पहिलो सत्रमै व्याटिंग गर्ने मौका पाएको इंग्लैण्डले एकदिवसीय शैलीमा शरुमा आक्रमक खेल देखायो । बेन डकेट र जेक कार्लीको ओपनिंग जोडीले पहिलो विकेटको लागि १२ ओभरमै ९२ रन जोडे । बेन डकेट ४३ रन बनाएर आउट भएपछि भने इंग्लैण्डको पारी लडखडायो । जेक कार्ली ६४ रनमा आउट भए । त्यसपछि हेरी ब्रुकले ५४ रन बनाउनु बाहेक अन्य व्याटरले राम्रो प्रदर्शन गर्न नसके पछि पहिलो इनिंगमा ठुलो अग्रता लिनबाट इंग्लैण्ड चुक्यो । इंग्लैण्डका ओली पपे २२ र जोय रुटले २९ रन बनाए । खेलको अन्तिम सत्र शुरु हदाँ इंग्लैण्डले आफ्ना सबै विकेट गुमाएर पहिलो इनिंगमा २४७ रन बनाइ २३ रनको अग्रता लियो । इंग्लैण्डलाई बढ्त लिनबाट रोक्न भारतीय बलरहरुले राम्रो प्रर्दशन गरे । मोहम्मद सिराज र प्रसिद्ध कृष्णले ४,४ विकेट लिए भने आकास दिपले पनि १ विकेट लिएका थिए । इंग्लैण्डबाट क्रिस वक्सले व्याटिंग गर्न सकेनन् । उनी खेलको क्रममा घाइते भएका थिए ।
पहिलो इनिगमा २३ रनले पछि परेको भारतले दोस्रो इनिंगमा पनि खराब शुरुवात गर्यो । दोस्रो दिनको खेल सकिदा भारतले ७५ रन बनाउदा २ विकेट गुमाएको छ । केएल राहुल ७ र साइ सुर्दशन ११ रन बनाएर आउट भएका पनि यसस्वी जयसवालले नटआउट ५१ रन बनाएर टिमको संकट टारेका छन । उनलाई आकासदिपले ४ रन बनाएर साथ दिइरहेका न । दोस्रो इनिंगमा इंग्लैण्डका गस एटकिन्सन र जोस टंगले १,१ विकेट लिएका छन ।
दोस्रो दिन जस्तै विकेट झरेमा तेस्रो दिननै खेल टुगिन सक्ने छ । ५ खेलको श्रृंखलामा इंग्लैण्ड २(१ ले अगाडी छ ।