काठमाडौँ ,बैशाख ५
एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित निकालेकाे छ ।
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ ।
८ ओभरको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।
नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै बाहिरिएकाे छ ।
समूह ‘ए’ बाट हङकङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो ।
४ बैशाख २०८१, बुधबार ०४:०६ मा प्रकाशित