मोरङ फागुन २२
मोरङको पथरी शनिश्चरे ७ स्थित लामा टोलमा एक १५ वर्षीया बालिकाको शब हत्या भएको अवस्थामा फेला परेको छ ।
खोटाङ स्थायी घर भई हाल लामा टोलस्थित मामाको छोरा दाजुकोमा बसेर पथरी शनिश्चरे १ पञ्चायत मा वि कक्षा ७ पढ्दै आएकी १५ वर्षीया ज्ञान कुमारी राईकाे धारीलाे हतियार प्रयोग गरी निर्मम हत्या गरेको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताउनु भयो । गएराती बालिकाको हत्या भएको हाे । हत्यामा संलग्नकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।
२१ फाल्गुण २०८०, मङ्गलबार ०७:२५ मा प्रकाशित