राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै सडकमै सुते शिक्षक

Jhalkonepal

  काठमाण्डौ , असोज ८   

शिक्षक महासंघ र सरकारबीच सहमति भए पनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका हुन्।

सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै उनीहरूले काठमाडौंको बबरमहलमा आज सुतेर प्रदर्शन गरेका छन्।

राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले प्रदर्शनको नयाँ स्वरूप अपनाएका हुन्।

 शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेको थियो। यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए।



प्रतिक्रिया