राजारानीमा प्रथम रारा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल हुने,भारत सहित कोसी प्रदेशका ८ टिमकाे सहभागिता

Jhalkonepal

सुनसरी, मङसिर ४

धनकुटाको राजारानीमा प्रथम ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति रारा अन्तरराष्ट्रिय  आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

फुटबल कार्यक्रम संगै  फुड फेस्टिभल तथा सांस्कृतिक साँझ समेत सञ्चालन गरिने आयोजक रारा भेट्रान क्लबले जानकारी दिएको छ । मङ्सिर ११ गते देखी सुरु हुने प्रतियोगितामा एक भारतीय सहित कोसी प्रदेशका ८ वटा टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष बिजु राईले जानकारी दिनुभयो । 

कुल २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यानअफद म्याचले नगद ५ हजार र बिधागतरुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिने आयोजकको भनाई छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागी टिमलाई प्रति म्याच १५ हजारका दरले तयारी खर्च समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोङ, बुद्ध चेम्जोङ लगायतका राष्ट्रिय तथा अन्तराष्टिय खेलाडी उत्पादन गर्न सफल राजारानीमा प्रथम संस्करणको प्रतियोगीतालाई हुन लागेको हो ।  


प्रतिक्रिया