सुनसरीका जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूकाे संयुक्त अपिल

Jhalkonepal
सुनसरी , चैत २४

सुनसरीको हरिनगर र देवागञ्जमा दुई समुदायका बिचमा उत्पन्न विवाद समाधान गरी समस्या समाधान गर्न सुनसरीका जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूले संयुत्तः अपिल जारी गरेका छन् । 

 

केहीबेर अघि जिल्ला प्रशासन कार्यालय इनरुवामा सम्पन्न सर्वपक्षीय बैठकले घटनाको निन्दा गर्दै छानबिन गर्ने, दोषीमाथि कारवाही गर्ने, घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ ।

 

बैठकमा हिजोको झडपमा सहभागीहरु, उनका आफन्त, दलहरु, प्रशासन, संघसंस्था, जनप्रतिनिधि सबै सामेल थिए ।

 

अपिलमा समस्या समाधानमा सबै लाग्न आग्रह गरिएको छ । केही अराजक तत्त्वले सामाजिक सद्भाव बिथोल्न खोजेको प्रति अपिलमा खेद व्यक्त गरिएको छ । अपिलमा भनिएको छ सबै , धर्म एवं सम्प्रदायबिच आपसी एकता, सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न आग्रह गर्दछौ । घटनाको सत्य तथ्य छनाबीन गरी दोषीलाई कारबाही गरिने समेत अपिलमा प्रतिबद्धता जनाइएको छ  । अपिलमा भनिएको छ आन्दोलनरत सबै पक्षलाई आफ्ना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई शान्तिपूर्णमर्यादित र हिंसा रहित उपाय अवलम्बन गर्न छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हामी सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरू हार्दिक अपिल गर्दछौ ।

घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुराउने किसिमका अभिव्यक्ति तथा सामाग्रीहरू सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएकोले यस प्रकारका गतिविधिहरू नगर्न र नगराउन पनि अपिलमा अनुरोध गरिएको छ 

 

प्रतिक्रिया