इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन

Jhalkonepal


काठमाडाैं, जेठ ७

इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । हिजोदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर पूरै जलेको अवस्थामा आज बिहान फेला परेको थियो ।

हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपति, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत सबै जनाको निधन भएको त्यहाँको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ । इरानी राष्ट्रपति चढेको हेलिकप्टर हिजो कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो ।

दुर्घटना लगत्तै उद्धार टोली परिचालन गरिएको थियो । तर खराब मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो । अहिले पनि दुर्घटनास्थल पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा मौसम खराब छ ।

प्रतिक्रिया