सुभेष सिनाल
काठमाण्डौं, जेठ ३२
आइसीसी टि२० विश्वकप क्रिकेटमा इग्लैण्डले ओमानलाई १९ बलमै पराजित गरेको छ । आज विहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इग्लैण्डले १९ बलमा पुरा गरि प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । जितसंगै इग्लैण्डले सुपर ८ पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । टस जितेर पहिले बलिंग गरेको इंग्लैण्डले ओमानलाई ४७ रनमा अल आउट गर्यो । ओमानका सोयव खानले ११ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन् । इंग्लैण्डका अलिल रसिदले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए यस्तै मार्क उडले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने जोफ्रा आर्चरले ३.२ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।
४८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको इग्लैण्डले चौथो ओभरको पहिलो बलमा लक्ष्य पुरा गर्यो । लक्ष्य पुरा गर्ने क्रममा इंग्लैण्डका २ जना ब्याटर आउट भए । कप्तान जोस बटलरले नटआउट २४ रन बनाए भने फिल सल्टले १२ रन बनाए । ओमानको तर्फबाट विलाल खान र कालिमुल्लाहले १,१ विकेट लिए ।
बंगलादेशद्धारा नेदरलैण्ड पराजित
यस्तै हिजो राति भएको समुह डीको अर्को खेलमा बंगलादेशले नेदरलैण्डलाई २५ रनले पराजित गर्यो । टस हारेर ब्याटिंगको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । बंगलादेशका सकिल अल हसनले नटआउट ६४ रन बनाए भने तान्जिद हसनले ३५ र मोहम्दुल्लाहले २५ रन बनाए । नेदलैण्ड्सका आर्यन दत्त र पौल भान माकरमले २,२ विकेट लिए । यस्तै टिम प्रिन्गलले १ विकेट लिए ।
१६० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेदरलैण्ड्सले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । नेदरलैण्ड्सका सैब्रान्ड इंग्लब्रेच्टले सबैभन्दा वढि ३३ रन बनाए । यस्तै विक्रमजित सिंहले २६, स्कट एडवर्डले २५ र मिचेल लेभिटले १८ रनको योगदान गरे । बंगलादेशका रिसाद हुसैनले ३ विकेट लिए । यस्तै तस्किन अमहदले २ तथा मुस्तफिजुर रहमान, तान्जिम हुसैन र मोहम्दुल्लाहले १,१ विकेट लिए ।