लमजुङ, असार ६
पहिरोले गए रातिदेखि अवरुद्ध
बेँसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्ड अन्तर्गत
बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।
डुम्रे–बेँसीसहर
चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले
‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा
आएको बताउनुभयो ।
यहाँ पहिरो रोकथामका लागि सङ्घीय सरकारको रु १६
करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको
उहाँले बताउनुभयो । पैसठ्ठी किलोमिटर रहेको यस सडकमा साना–ठूला सवारीसाधन
सञ्चान हुँदै आएको छ । मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौँ, पोखरा, चितवनलगायतका
स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन् ।
६ असार २०८१, बिहिबार ०१:५६ मा प्रकाशित