सुनसरी, भदौ २५
सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । हिजो राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका २ तित्रिवन टोलका गुलुम मन्सुरका १ बर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए। उनलाइ उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका ४ मनकामना चोकमा रहेको जेष्ठ नागरीकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम ७ का ५५ बर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ
२४ भदौ २०८०, सोमबार १२:४२ मा प्रकाशित