सुभेष सिनाल
काठमाण्डौं, फागुन ६
भारत र इंग्लैण्ड विचको तेस्रो टेष्टमा भारतले ४३४ रनको विशाल जित हासिल गरेको छ । जितको लागि ५५६ रनको लक्ष्य पछ्याएको इंग्लैण्ड चौथो दिनको खेल सकिदा १२२ रनमा अल आउट भएपछि भारतले ठुलो जित निकाल्न सकेको हो । पहिलो पारीमा १२६ रनले अग्रता लिएको भारतले दोस्रो पारीमा ४ विकेट गुमाएर ४४० रन बनाएर पारी समाप्तीको घोषणा गरेको थियो । भारतको लागि यसस्वी जयशवालले दोहरो सतक बनाउने क्रममा २१४ रन जोडे । दोस्रो पारीमा भारतको तर्फबाट शुभमन गिलले ९१ र सरफराज खानले ६८ र कुलदिप यादवले २७ रन बनाए ।
भारतिय बलरहरु चम्के पछि इंग्लैण्डले दोस्रो पारीमा खुलेर खेल्न सकेन । मार्क उडले ३३ रन बनाउनु बाहेक इंग्लैण्डका ब्याटरहरुले रन बनाउन सकेनन् । इंग्लैण्डका ६ जना ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन् । भारतका रविन्द्र जडेजाले ५ विकेट लिए भने कुलदिप यादवले २, जसप्रित बुमराह र रविचन्द्र अश्विनले १,१ विकेट लिए । रविन्द्र जडेजलाइ प्लेयर अफ द म्याच घोषित गरिएको छ ।
भारतको आजको जितसंगै ५ टेष्टको श्रृंखलामा भारतले २(१ को अग्रता लिएको छ । चौथो टेष्ट फरवरी २३ मा राँचीमा खेलिने छ ।