युरो-२०२४ : अल्बानिया र क्रोएसियाको खेल बराबरी

Jhalkonepal

काठमाडौं, असार ५

 युरो-२०२४ को अहिलेसम्मकै सर्वाधिक सनसनीपूर्ण र रोमाञ्चक खेलमा अल्बानिया र क्रोएसियाले २–२ को बराबरी खेलेका छन् 

क्लास जासुलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै अल्बानियालाई बहुमूल्य बराबरी दिलाएका हुन् 

यसअघि क्रोएसियाले तीन मिनेटको अन्तरमा सम्भव दुई गोलको मदतले अल्बानियामाथि २–१ को अग्रता लिएको थियो 

अल्बानियाले क्वाजिम लाचीको गोलले ११ औं मिनेटमा अग्रता लिएको थियो । क्रोएसियाले दोस्रो हाफमा पुर्नआगमन रचेको हो 

आन्द्रेज क्रामरिचले ७४ औं मिनेटमा बराबरी गोल फर्काए । अर्को गोल भने आत्मघाती रह्यो । जासुलाले ७६ औं मिनेटमा बललाई आफ्नै पोस्टका दिशा दिए 

यो नतिजापछि समूह ‘बी’ दुवैको दुई खेलबाट समान एक-एक अंक भएको छ । अब आ–आफ्नो अन्तिम खेलमा क्रोएसियाले इटाली र अल्बानियाले स्पेनको सामना गर्नेछ 

प्रतिक्रिया