काठमाण्डौं, पौष ८
आइसीसी च्याम्पियन्स ट्रफिमा भारत सहभागि हुने खेल आयोजक देश पाकिस्तानको साटो दुबई मा हुने भएको छ । भारत पाकिस्तान विचको राजनितिक तनाबका कारण भारतले पाकिस्तानमा खेल्न नजाने अडान लिए पछि भारतका खेल दुबईमा सार्न आइसीसीले आयोजक पाकिस्तानलाई दवाव दिएको थियो । आइसीसी च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले आइसीसीको निर्णय अनुसार तटस्थ स्थानमा हुने भारतका खेल युएईमा गर्ने निर्णय गरेको हो ।
जस अनुसार भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३, आइतबार हुने भएको छ । भारत र पाकिस्तान समुह ए मा बंगलादेश र न्यूजील्याण्ड रहेका छन् । त्यस्तै भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्ने भएको छ र न्यूजील्याण्डसँग मार्च २ मा हुने भएको छ । यी सबै खेल दुबईमा हुने छ ।
आइसीसीले पाकिस्तानले भारत क्रिकेट खेल्न पाकिस्तान नजाने अडान लिएपछि भारतले खेल्ने खेलहरु तटस्थ स्थानमा हुने र बाँकी खेलहरु पाकिस्तानमै हुने निर्णय गरेको थियो । सो निर्णय अनुसार आइसीसीले आयोजकको हैसियतमा तटस्थ स्थानको तय गर्ने अधिकार पाकिस्तानलाई नै दिएको थियो ।
एकदिवसीय फर्म्याटमा हुने च्याम्पियन्स ट्रफीको पाकिस्तान डिफेन्डिङ च्याम्पियन समेत हो । फेब्रुअरी १९ देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले न्यूजील्याण्डको सामना गर्दै छ । च्याम्पियन्स ट्रफीको समुह बी मा अफगानिस्तान, अस्ट्रेलिया, इङल्याण्ड र दक्षिण अफ्रीका रहेका छन् ।
योसँगै भारत सेमिफाइनल र फाइनलमा पुगेमा दुवै खेल युएईमा नै हुने भएको छ ।
दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल खेलहरु मार्च ४ र ५ मा हुने छन् भने फाइनल खेल मार्च ९ मा हुने छ । आइसीसीका सदस्य राष्ट्रहरुमा सबैभन्दा धनी बोर्ड भारतको भएकोले भारतले आइसीसीका निर्णय आफु अनुकुल गराउदै आएको छ । आइसीसीको ठुलो आम्दानी भारतीय क्रिकेटबोर्ड मार्फत हुने भएकोले आइसीसी भारतको दवावमा आइसीसी चल्छ । गत वर्ष भारतमा भएको विश्वकपमा पाकिस्तानले भारत भ्रमण नगर्ने सर्त राख्दा आइसीसीले मानेको थिएन ।