सुनसरी जिल्लामा चलिरहेको दुर्व्यसन विरुद्धको अभियान कोशी प्रदेश स्तरीय कार्यक्रमको रूपमा शुभारम्भ

Jhalkonepal

काठमाडाैं , फागुन २८


सुनसरी जिल्लामा चलिरहेको दुर्व्यसन विरुद्धको अभियान कोशी प्रदेश स्तरीय कार्यक्रमको रूपमा शुभारम्भ भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा कोशी प्रदेशका  मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख आतिथिको रूपमा रहनुभएको थियो भने कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीको अध्यक्षतामा शुभारम्भ भएको हो ।  कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, पर्यटन तथा वन मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सदस्यहरु, बिभिन्न मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिकाका प्रमुख तथा उप-प्रमुखहरु, विभिन्न सुधार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बिद्यालयका शिक्षक एवं बिद्यार्थीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, पुर्व प्रहरी संगठन, बिभिन्न बिद्यालय, संघ-संस्था, नागरिक समाज, संचारकर्मी तथा स्थानीय वासीहरुको सहभागीतामा लागूऔषध विरुद्धका जनचेतनामुलक प्लेकार्ड सहित प्रभातफेरी र्‍याली निकाली बजार परिक्रमा गरेको थियो । त्यस लगतै कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुर्व्यसन विरुद्धको अभियान “FAN” लाई कम्प्युटरको माध्यमबाट डिजिटल बटम थिचेर कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ शुभारम्भ गर्नु भएको हो ।



कार्यक्रममा प्रमुख अतिथिले लागूऔषधको दुर्व्यसनले हाम्रो समाजलाई पछाडि धकेली रहेको बताउदै आजबाट सुरु भएको लागूऔषध विरुद्धको अभियानलाई सफल बनाउन तीनै तहको सरकार, सुरक्षा निकाय, दुर्व्यवसन विरुद्धका अभियन्ताहरु सवैको सहकार्यमा अगाडि बढेमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न सकिने बताउनु भयो । कार्यक्रममा अभियानका परिकल्पनाकार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले बिशेष गरी किशोर अवस्थाका बालबालिकाहरु साथी भाईको दवाव, ठूलाबडाको सिको, आफ्नो जिज्ञासा, भ्रम वा अज्ञानताको कारण लागूऔषधको दुर्व्यवसनमा फस्ने उच्च जोखिम रहेको बताउनु हुँदै अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नारालाई आत्मसाथ गर्दै  सबै एक जुट भई अगाडि बढ्न आह्वान गर्नु भयो   

 

प्रतिक्रिया