मोरङ फागुन २२
मोरङको पथरी शनिश्चरेमा भएको १५ वर्षीया बालिका हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेको आरोपमा मोरङको ग्रामथान गाउँपालिका ४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । खोटाङ स्थायी घर भई हाल लामा टोलस्थित मामाको छोरा दाजुकोमा बसेर पथरी शनिश्चरे १ पञ्चायत मा वि कक्षा ७ पढ्दै आएकी १५ वर्षीया ज्ञान कुमारी राईको गएराति १०ः३० बजे हत्या भएको थियो ।
२१ फाल्गुण २०८०, मङ्गलबार ०६:४३ मा प्रकाशित