नामिविया र नेदरलैण्ड्सको खेल नतिजाविहिन

Jhalkonepal

काठमाण्डौं, फागुन २०

नामिविया  र नेदरलैण्ड्स विचको खेल वर्षाका कारण पुरा हुन नसके पछि खेल नतिजा विहिन भएको छ । आज दिउसो बर्षा रोकिए पछि ढिलो गरि शुरु भएको खेल १५ औं ओभरको खेल सकिदा फेरी पानि परेपछि रोकिएको थियो । अपरान्ह सम्म पानि नरोकिएपछि पुनः खेल शुरु नभएपछि खेल नतिजा विहिन घोषणा गरिएको हो । खेल नतिजा विहिन भएपछि दुबै टोलीलाई समान १,१ अंक दिएको छ । 

समुह चरणका सबै खेल सकिदा नेदरलैण्ड्स ४ खेलमा ५ अंक सहित शिर्ष स्थानमा रह्यो भने नेपाल ४ खेलमा ४ अंक जोडेर दोस्रो तथा नामिविया ४ खेलमा ३ अंक सहित तेस्रो भयो । यो संगै फाइनल खेल्ने टोलीको पनि टुंगो लागेको छ । अव आउदो मंगलवार हुने फाइनलमा नेपाल र नेदरलैण्ड्सले प्रतिस्पर्धा गर्नेछन । 


प्रतिक्रिया