काठमाडाैं , फागुन २८
फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो ।
प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर उहाँको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि उहाँलाई अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।भागेका कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२७ फाल्गुण २०८०, सोमबार ०३:४० मा प्रकाशित