यू १९ महिला टी २० : नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँगै खेल्दै

Jhalkonepal

काठमाण्डौ,कार्तिक २४

आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँगै खेल्दै छ । आफ्नो तेस्रो खेलअन्तर्गत आज नेपालले यूएईसँग उसकै मैदानमा खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे शुरु हुने छ ।

आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले  कुवेतलाई एक सय आठ रनले पराजित गर्‍याे ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

 

प्रतिक्रिया