पिएनजीलाई स्तब्ध पार्दै युगान्डाको ऐतिहासिक जित

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, जेठ २४

विश्वकप क्रिकेटमा पहिलो सहभागिता जनाएको युगान्डाले ऐतिहासिक जित हासिल गरेको छ । टस जितेर पहिले फिल्डिंग गरेको युगान्डाले पिएनजीलाई ७७ रनमा रोक्यो । निकै कमजोर व्याटिंग गरेको पिएनजीले हिरीहिरीको १५ रन तथा लेगा सैका र किप्लिन डोरिगाको १२,१२ रनको मद्धतमा ७७ रन बनाएको थियो । युगान्डाका अल्पेस राम्जिनी ,कोसमस कोयटा, जुमा मियागी र फ्रेन्क न्सुव्गाले २,२ विकेट लिए । 

७८ रनको लक्ष्य पछ्याउन मैदानमा आएको युगान्डाको पनि शुरुवात खराब नै रह्यो । ६ रनमा २ विकेट गुमाएको अवस्थाबाट सम्हालिदै युगान्डाले १९ औ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । युगान्डाका रियाजत अलि शाहले ३३ र जुमा मियागीले १३ रन बनाए र युगान्डाको जितमा पिएनजीले दिएको १५ अतिरिक्त रन महत्वपूर्ण रह्यो । पिएनजीका एली न्यूले र नोरमन भन्वाले २,२ विकेट लिए भने चाड सुपर र असद भालाले १,१ विकेट लिए । 


यस्तै अहिले चलिरहेको अर्को खेलमा अस्ट्रेलियाले ओमानलाई १६७ रनको लक्ष्य दिएको छ । 


प्रतिक्रिया