काठमाण्डौं, फागुन १२
केही समय पहिले काठमाण्डौमा सम्पन्न आइसीसी टी २० विश्वकप क्रिकेटको छनौट प्रतियोगिताको फाइनलमा टिकट बिक्रीबाट प्राप्त २० लाख रुपिया नेपाल क्रिकेट संघ क्यानलेले जाजरकोट भुकम्प पिडितहरुलाई सहयोग गरेको छ । प्रतियोगिताको बेलामा प्रतिवद्धता गरे अनुसार नेपाल र ओमान विच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त रकमको ५० प्रतिसत भुकम्प पिडितलाई प्रदान गर्न प्रधानमन्त्री दैविय राहतकोषमा जम्मा गरेको क्यानले जनाएको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खडकाले प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेको क्यानले आफ्ना्े सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ ।
११ फाल्गुण २०८०, शनिवार ०१:४१ मा प्रकाशित