सुभेष सिनाल
काठमाण्डौ, कार्तिक २
काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा चलिरहेको त्रिदेशीय टि २० क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले दोस्रो खेलमा आज हंगकंगलाइ पराजित गरि २ अंक थप आर्जन गरेको छ ।
आज विहान टस जितेर नेपालले हंगकंगलाइ व्याटिंगको निम्तो दिएको थियो । पहिलो बलमै हंगकंगका क्याप्टेन निजाकत खानको विकेट लिएर करण केसीले हंगकंगलाइ दवावमा पारेका थिए । हंगकंगलाइ ९४ रनमा अल आउट गर्ने क्रममा करण केसीले ४ ओभरको स्पेलमा १५ रन दिएर करणले ४ विकेट लिए, यस्तै सोमपाल कामी र अविनाश बोहराले २,२ विकेट लिए भने मौषम ढकाल र कुशल मल्लले १,१ विकेट लिएका थिए । हंगकंगका तर्फबाट यासिम मुर्जाले ३४ र जेशन अलीले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन् ।
९५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपालले ३ विकेटको क्षतीमा ३७ बल बाकी छदै लक्ष्य पुरा गर्यो । नेपालका तर्फबाट आसिफ सेखले ४२ रन बनाए र यस्तै कप्तान रोहित पौडेलले नट आउट २० बलमा २५ रन र गुलसन झाले नट आउट ५ बलमा १४ रन बनाएर नेपालको जित सुनिश्चित गरेका थिए ।
हंगकंगका तर्फबाट अहसान खानले ४ ओभरमा मात्र १० रन खर्चेर नेपालका ३ विकेट र यासिम मुर्तजाले १ विकेट लिएका थिए
प्रतियोगितामा भोली हंगकंग र युएईको विच खेल हुनेछ ।