काठमाण्डाै ,फागुन १०
वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इराकसँग खेल्दैछ ।
खेल साउदी अरबको किङ्ग अबदुल्लाह स्पो्र्टस सिटी स्टेडियममा राति पौने ८ बजे हुनेछ । यसअघि भएको खेलमा नेपालले सिरियालाई हराएको थियो भने इराक प्यालेस्टाइनसँग हारेको थियो ।
नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणको अन्तिम खेलमा नेपालले पर्सि प्यालेस्टाइनसँग खेल्नेछ ।
९ फाल्गुण २०८०, बिहिबार १०:०८ मा प्रकाशित