आइपिएल : दिल्लीले चेन्नईलाई २० रनले पराजित गर्यो

Jhalkonepal

काठमाण्डौं, चैत्र १९

आइपिएल २०२४ अन्तरगत हिजो राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले पराजित गरेको छ । जारि प्रतियोगितामा दिल्लीको यो पहिलो जित हो । पहिलो ब्याटिंग गरेर दिल्लीले १९१ रन बनाउन आप्m्ना ५ विकेट गुमाएको थियो । दिल्लीलाई डेभिड वार्नरले विष्फोटक ब्याटिंग गर्दै राम्रो शुरुवात दिलाएका थिए । बार्नरले  ३ छक्का र ५ चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै अर्का ओपनर पृथ्वी शाहले ४३ रनको योगदान गरे । कप्तान रिशव पन्तले पनि ३ छक्का र ४ चौकाको मद्दतमा ५१ रन बनाएर टिमलाई ठुलो स्कोर सम्म पुगाएका थिए । जस्मा मिचेल मार्सको पनि १८ रनको योगदान गरेका थिए । 

चेन्नईका मथिसा पथिरानाले ३ विकेट लिए भने रविन्द्र जडेजा र मुस्फिजुर रहमानले १,१ विकेट लिए । 

१९२ रनको लक्ष्य पछ्याउन मैदानमा आएको चेन्नईको शुरुवात खराब रह्यो । कप्तान रितुराज गायक्वड मात्र १ रन बनाएर आउट भए भने अर्का ओपनर रचिन रविन्द्र पनि २ रनमा आउट भएपछि टिम शुरुवात देखि नै दवावमा परेको थियो । अजिन्क्या रहाणेले ४५ र डेरिल मिचेलले ३४ रन बनाएर परिस्थितीलाई संकटबाट जोगाए पनि आवश्यक रन रेट भने घटाउन सकेनन् । रन रेट उच्च भएको अवस्थामा मैदानमा आएका पुर्व कप्तान महेन्द्रसिंह धोनीले उत्कृष्ट आक्रमक ब्याटिंग गर्दै टिमको आशा जगाए पनि हार भने जोगाउन सकेनन् । धोनीले १६ बलको सामना गर्दै, ३ छक्क र ४ चौकाको मद्दतमा नटआउट ३७ रन बनाएका थिए । यस्तै रविन्द्र जडेजाले पनि नटआउट २१ रन बनाए । अन्तिम बलमा छक्का प्रहार गर्दै धोनीले दर्शकहरुलाई मनोरन्जन प्रदान गरे पनि टिमको स्कोर भने १७१ मात्र पुग्न सक्यो । 


आइपिएलमा आज मुम्बइ इन्डियन्स र राजस्थान रोयल्यसका विच प्रतिस्पर्धा हुदैन । 


प्रतिक्रिया