खोटाङ, चैत २९
चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् ।
बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् ।