काठमाण्डौ, असार ५
स्कटल्यान्डमा
चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले घरेलु टोलीलाई हराएको
छ । हिजो भएको खेलमा नेदरल्यान्ड्सले घरेलु टोली स्कटल्यान्डलाई १७ रनले हराएको हो
।
नेदरल्यान्ड्सले
दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १ सय ८१ रनमा समेटिएको थियो ।
घरेलु टोली स्कटल्यान्ड, नेपाल
र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो ।
नेपालले
आफ्नो दोस्रो खेलमा अस्ति स्कटल्यान्डलाई २ विकेटले हरायो । टी–२० शृङ्खलामा आज
नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८
बजे शुरू हुनेछ ।
४ असार २०८२, बिहिबार ०७:४० मा प्रकाशित