सुनसरी , असोज १६
विवादास्पद अभिव्यक्ति दिएर हिंसा मच्चाउन खोजेको आरोपमा श्री निवास पक्राउ परेका छन् ।
उनलाई सुनसरीको प्रकाशपुरबाट केन्द्रीय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए।
श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । उनले १ साता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । उनलाई भोलि धनुषा पठाइने प्रहरीले बताएको छ ।
सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए ।