एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने

Jhalkonepal

काठमाण्डौ, असार १९

एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाली युवा टोलीले सिंगापुरसँग खेल्ने भएको छ। 

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल चौथो पटक उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

आजै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो। हङकङलाई हराएसँगै सिंगापुरले प्रतियोगितामा नेपालसँग दोस्रो भेट तय गरेको हो। समूह चरणमा सिंगापुर नेपालसँगमात्र पराजित भएको थियो। 

प्रतिक्रिया