सुभेष सिनाल
काठमाण्डौं, फागुन १८
निर्णायक खेलमा नेपालले नामिवियालाई ३ विकेटले पराजित गरेको छ । १८१ रनको लक्ष्य जोगाउने क्रममा नेपालले नामिवियालाई १७७ रनमा रोक्न सफल भयो । निकै रोचक प्रतिस्पर्धामा नामिवियालाई पराजित गर्दैै नेपालले फाइनल पुग्ने सम्भावनालाइ जोगाएको हो । अन्तिम ओभरमा जितको लागि १२ रन चाहिएको अवस्थामा करण केसीले ८ रन खर्चेर १ विकेट लिए पछि नेपालको जित सुनिश्चित भएको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिवियाले ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । नामिवियाका कप्तान जेजे स्मिथले ५० रन बनाए । उनलाई दिपेन्द्र सिंह ऐरीले १६ औ ओभरमा आउट गरेका थिए । स्मिथ पछि ब्याटिं गर्न आएका जेन निकोललाई अर्को बलमा दिपेन्द्रले नै शुन्य रनमा आउट गरे । निकोलले यसअघिको खेलमा ३३ बलमा सतक प्रहार गरि विष्फोटक ब्याटिंग गरेका थिए । अन्तिम ओभरमा ट्रम्पलमेन र जेन ग्रिनले नामिवियालाई जित नजिक पुगाएर नामिवियालको आशा जगाएका थिउ। ट्र्म्पलमेन १४ रन बनाएर आउट भए भने जेन ग्रिनले नटआउट २३ रन बनाए ।
नेपालको तर्फबाट करण केसी, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २,२ विकेट लिए भने अविनास बोहराले १ विकेट लिए ।
यसअघि नेपालले कुशल मल्लको नटआउट ५५ रनको मद्दतमा १८० रन बनाएको थियो । जसमा आरिफ सेखले ३१, दिपेन्द्र सिंह ऐरीले १६, गुलशन झाले २६, र अनिल शाहले २३ रनको योगदान गरेका थिए ।
नेपालले अव फाइनल पुग्नको लागि अर्को खेलमा नेदरलैण्ड्सलाई पराजित गर्नुको साथै नेदरलैण्ड्सले नामिवियालाई पराजित गर्नु पर्नेछ ।
नेपालले भोली नेदरलैण्ड्सँग खेल्नेछ ।भोली नेदरलैण्ड्सँग खेल्नेछ ।