काठमाडौं , बैशाख ६
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो ।
आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ ।
यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । उक्त दुई दिनको समय आज साँझ सकिदैछ ।
यस अघि सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् ।
५ बैशाख २०८१, बिहिबार ०८:२४ मा प्रकाशित