विराट गोल्डकप फुटबलको उपाधिका लागि आज मछिन्द्र क्लब र साङ्ग्रिला मोरङ भिड्दै

Jhalkonepal

विराटनगर , चैत २४

आठौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज ए डिभिजन टोली मछिन्द्र क्लब एफसि काठमाडौँ र घरेलु टिम साङ्ग्रिला मोरङ एफए खेल्दैछन् । फाइनल खेल विराटनगरको शहिद रङ्गशालामा बेलुका ^M$% बजे शुरु हुनेछ ।

साङ्ग्रिलाले इटहरी गोल्ड कपको च्याम्पियन चर्च ब्वाईज युनाइटेड र पाहुना टोली भुटानको आरटिसि एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । साङ्ग्रिलाले क्वाटरफाइलनमा भुटानको आरटिसिलाई  ३–० गोलले र सेमिफाइनलमा  चर्च ब्याइजलाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । 

विराट गोल्ड कपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वाटर फाइनलमा  कोलकाता साउर्थन समिति २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागान भारतलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो । 

चैत १५ देखि जारी प्रतियोगितामा  विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको विराट गोल्ड कप फुटबल ट्रस्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । गोल्ड कपको विजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाईउत्कृष्ट गोलरक्षकलाईसर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

 

प्रतिक्रिया