डोल्पा : डढेलोमा परेर घाइते भएका तीनै जना बालबालिकाको मृत्यु

Jhalkonepal

डोल्पा , बैशाख १

 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित  सामुदायिक वनमा लागेको डढेलोमा परेका तीन बालबालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत बिहीबार डढेलोमा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

आगलागीबाट घाइते दुईजनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा आज निधन भएको प्रजिअ दाहालले बताए ।  

गाउँ नजिक रहेको वनमा बिहीबार बिहान च्याउ टिप्न गएका बालबालिका जङ्गलमा लागेको डढेलोमा परि गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरेर उपचारका लागि साँझ जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा ती बालकको ज्यान गएको हो । 

 यसअघि डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया