साफ यू–२० च्याम्पियनशिप : सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै

Jhalkonepal

काठमाडौँ, भदाै ९

काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनशिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि शुरु हुनेछ ।

यस प्रतियोगितामा नेपाल समूह ए का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दैछ । नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । 

त्यस्तै भुटान भने समूह बी मा उपविजेता बन्दै सेमिफाइनलमा खेल्दैछ । भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो ।   

त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

 

प्रतिक्रिया